राजनीति

समानुपातिक सांसद तोक्न सात दललाई पत्र पठाउँदै निर्वाचन आयोग

इकागज |
मंसिर २१, २०७९ बुधबार १३:१४ बजे

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता प्राप्त सात राजनीतिक दललाई समानुपातिक सांसद तय गर्न पत्र पठाउँदैछ । आयोगले चुनावमा प्राप्त मत र सिट संख्या यकिन गरी समानुपातिक सिट पठाउन लागेको हो । आयोगले तीन दिनभित्र सीट अनुरूप सदस्य यकिन पठाउन पठाउन पत्र पठाउन लागेको आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले जानकारी दिए । 

‘गए राति सबै मतगणना सकिएकाले आजै सबै दललाई पत्र पठाउने छौँ, उनले इकागजसँग भने, 'समानुपातिकतर्फको सदस्य उम्मेदवारहरूको नाम पठाउन अनुरोध गरिनेछ ।’


मङ्सिर ४ मा भएको निर्वाचनमा नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी राष्ट्रिय दल बनेका छन् ।

समानुपातिक तर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टी १३, राष्ट्रिय प्रजातन्त्र पार्टी ७, जनता समाजवादी पार्टी ५ र जनमत पार्टीले ५ सदस्य पाउने भएका छन् ।

गत मंसिर ४ गते भएको निर्वाचनमा समानुपातिकतिर देशभरमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको थियो ।

नेकपा एमालेले समानुपातिक तर्फ २८ लाख ४५ हजार ६४१, नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५, नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३१४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मत पाएको छ ।


Author

थप समाचार
x