राजनीति

विश्वप्रकाश शर्माले राखे ईश्वरी न्यौपानेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव

इकागज |
माघ ५, २०७९ बिहीबार १२:२५ बजे

फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको सभामुखमा ईश्वरीदेवी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका छन् ।

लामो समय नेपालको संसदीय प्रक्रियामा सहभागी भई महत्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्तित्व भएकाले पनि न्यौपानेलाई सभामुखमा निर्वाचित गर्न सांसद शर्माले आग्रह गरे ।


शर्माले संसद् विपक्षको भन्ने मान्यताअनुसार कांग्रेसका न्यौपानेलाई विजयी गराउने उनले माग गरे । संसदको सबैभन्दा ठूलो दलको हैसियतले कांग्रेसले सभामुखको उम्मेदवार बनाएकाले यसलाई अन्यथा नलिन उनले आग्रह गरे ।

न्यौपानेको समर्थकमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले सहयोग गर्न आग्रह गरे ।


Author

थप समाचार
x