राजनीति

कोभिडको जोखिम छ, उपनिर्वाचनमा सतर्क हौं : निर्वाचन आयोग

इकागज |
बैशाख २१, २०७८ मंगलबार १७:१ बजे

काठमाडौं : निर्वाचन आयोगले बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड पालना गर्न राजनीतिक दललाई आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड कडाइकासाथ पालना गरी स्थानीय तहसम्म उच्च सतर्कता अपनाई उपनिर्वाचनमा भाग लिन आयोगले आग्रह गरको हो । 

राजनीतिक दलले उक्त उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि एवं क्रियाकलापहरू जस्तै सभा, सम्मेलन, आमसभा, कोणसभा, प्रचार–प्रसार, उम्मेदवारी मनोनयन दर्ता, पत्रकार सम्मेलन लगायतका कार्यक्रम सञ्चालन गर्दा मानवीय स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यान दिन भनेको छ । 

आयोगले एक विज्ञप्तिमा भनेको छ, यस महामारीलाई नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्‍याउन राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा भाग लिने दलहरू नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई आयोगले अनुरोध गरी पत्र पठाएको छ ।



Author

थप समाचार
x