राजनीति

घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति

इकागज |
चैत ४, २०७९ शनिबार २१:२२ बजे

फाइल फोटो

काभ्रे - नेपाल शिक्षक संघ काभ्रेपलाञ्चोकको नयाँ नेतृत्वको जिम्मेवारी शम्भुप्रसाद घिमिरेले पाएका छन् । संघको आज बनेपामा सम्पन्न भएको नवौँ जिल्ला अधिवेशनबाट घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

समितिको महिला उपाध्यक्षमा रुपा थापा, अर्का उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ)मा सीताराम लामा, सहसचिव (महिला)मा फूलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ)मा महेश्वरी थापा, सहसचिव (समावेशी)मा रामप्रसाद चौलागाईँ र नवराज लामा निर्विरोध निर्वाचित भएका छन् ।  


समिति सदस्यमा क्रमशः दीनानाथ ढुङ्गाना, पञ्चसिं लामा, मायादेवी श्रेष्ठ, भीमलाल लामा, दुर्गा गौतम, सीता कँडेल, पूर्णदास श्रेष्ठ निर्विरोध भएका छन् । 

सम्पन्न अधिवेशनबाट संघीय प्रतिनिधिमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हीराबहादुर लामा, गोविन्द शर्मा, सानुमैया कट्टेल, विश्वतारा तिमल्सिना निर्वाचित हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा ध्रुवप्रसाद चौलागाईँ, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुङ्गाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे निर्वाचित भएका छन् । 

कार्यक्रममा शिक्षक संघ काभ्रेको सङ्गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईँलाई सम्मान गरिएको छ ।


Author

थप समाचार
x