राजनीति

आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

इकागज |
चैत २७, २०७९ सोमबार १६:४६ बजे

काठमाडौँ- आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ ।

साेमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए । उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरूले आआफ्ना धारणा राखेको बताए । उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँच बुँदे सहमतिका विषयमा छलफल गरेको जानकारी दिए ।


उनले यसअघि पीडितहरूसँग  भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संघर्ष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको बताए । 

नविनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए । उनले मंगलबार मिटरब्याजी पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी वार्ता सकिएको उल्लेख गरे । उनले मिटरब्याजी पीडितहरू राज्यले समाधान गर्ने विषयमा संवेदनशील नदेखिएको बताए ।


Author

थप समाचार
x