राजनीति

कामको प्रचारबाजी गर्ने पक्षमा म छैन : मन्त्री बस्नेत

इकागज |
जेठ १९, २०८० शुक्रबार १८:५६ बजे

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफूले गरेका कामको प्रचारबाजी गर्ने पक्षमा नरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको जिकिर गरे । उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूलाई अस्पतालमा विपन्नहरूलाई निःशुल्क उपचार गर्न आग्रह गर्दै भेट गरे पनि भेट भइसकेपछि भने चेतावनीका रूपमा सामाजिक सञ्जालमा स्टाटस लेखेको बताए ।


उनले मेयर साहलाई आफूले एक हप्ताभित्र काम गरेर देखाउने वचन दिएको र सोही अनुसार आफूले प्रमाणित गरेको बताए । मन्त्री बस्नेतले कसैको सुझावका भरमा सुर्तिजन्य पदार्थमा कर नबाढएको बताए ।


Author

थप समाचार
x