राजनीति

कोभिड-१९ महामारी : प्रदेशस्तरीय अन्तरक्रिया गर्दै कांग्रेस

इकागज |
जेठ १, २०७८ शनिबार २०:३ बजे

काठमाडौँ : नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समितिले 'कोभिड-१९को अवस्था र नेपाली कांग्रेसको भूमिका' विषयमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख अतिथ्य र रामचन्द्र पौडेलको विशिष्ट अतिथ्यमा जेठ २ गतेदेखि सुरु हुने यो कार्यक्र भर्चुअलरुपमा हुने भएको हो ।

उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, आमन्त्रीत केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सांसदहरू, प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्रीय कार्यसमितिका सभापति, गाउँ/नगरपालिका कार्यसमितिका सभापतिहरु तथा कांग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरू र नेपाली कांग्रेस कोभिड–१९ जिल्ला अनुगमन समितिका संयोजककोसमेत सहभागीता रहने भएको छ ।


कार्यक्रमको विस्तृत विवरण

१. २०७८ जेष्ठ २ गते विहानको १०.०० वजेदेखि सुदुरपश्चिम र कर्णाली प्रदेश भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
२. २०७८ जेष्ठ २ गते अपरान्ह ४.०० वजेदेखि लुम्विनी प्रदेश भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
३. २०७८ जेष्ठ ३ गते विहानको १०.०० वजेदेखि गण्डकी प्रदेश भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
४. २०७८ जेष्ठ ३ गते अपरान्ह ४.०० वजेदेखि वाग्मती प्रदेश भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
५. २०७८ जेष्ठ ४ गते विहानको १०.०० वजेदेखि प्रदेश नं. २ भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।
६. २०७८ जेष्ठ ४ गते अपरान्ह ४.०० वजेदेखि प्रदेश नं. १ भित्रका जिल्लाहरुको सहभागिता रहनेछ ।


Author

थप समाचार
x