राजनीति

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

इकागज |
मंसिर २८, २०८० बिहीबार १७:२८ बजे

काठमाडौँ- उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ । ​बिहीबार उच्च अदालत पाटनले खाणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौँले दिएको आदेश बदर गरी धरौटीमा छाड्न आदेश गरेको हो ।

उच्च अदालत पाटनका प्रवक्ता तिर्थराज भट्टराईले अदालतको फैसला सुनाउँदै न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश जारी गरेको बताए । उनले न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थनको रायसँगै जिल्ला अदालतको आदेश बदर भएको बताए ।


उनले यसअघि उच्च अदालतमा दुई न्यायाधीशहरूबीच राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाणले दिएको निवेदन बिहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेस भएको बताए ।

उच्च अदालत पाटनले गत १५ मंसिरमा न्यायाधीश जनक पाण्डेले खाणलाई धरौटीमा छोड्नुपर्ने भनी राय दिएका थिए भने प्रकाश खरेलले थुनामा पठाउनुपर्ने राय व्यक्त गरेका थिए ।


Author

थप समाचार
x