राजनीति

पर्यटनमन्त्री भन्छन् : विमानस्थल बनाउनभन्दा चलाउन कठिन

इकागज |
माघ २६, २०८० शुक्रबार १५:६ बजे

काठमाडौँ- संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थल बनाउन भन्दा चलाउन कठिन रहेको बताएका छन् ।

शुक्रबार उदयपुरमा निर्माणाधीन सगरमाथा आन्तरिक विमानस्थलको निरीक्षण तथा अवोलकन गर्दै मन्त्री किरातीले नेपाल जस्तो मुलुकमा विमानस्थल बनाउन समेत सजिलो नभएको र निर्माण भइसकेपछि पनि सञ्चालन गर्न कठिन रहेको बताएका हुन् । नेपालका २२ वटा विमानस्थल निर्माण भएर पनि सञ्चालन गर्न नसकिएको भन्दै उनले उदयपुर, भोजपुर र खोटाङका केही ठाउँका स्थानीयहरू लक्षित गरेर मात्र सगरमाथा आन्तरिक विमानस्थल चल्न नसक्ने बताए ।


मन्त्री किरातीले उक्त विमानस्थलमा क्रस बोर्डर फ्लाइट र माउन्टेन फ्लाइटबाट भने केही सम्भावना हुने धारणा राखे ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं २ जोगिदहमा निर्माण सुरु गरिएको उक्त विमानस्थलको रुख कटान सम्पन्न भएको छ । १५६ हेक्टर वन क्षेत्रमा निर्माण हुने विमानस्थलको लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा रुख कटान बाहेकका काम अघि बढ्न सकेको छैन । तीन अर्बभन्दा बढी निर्माण लागत लाग्ने विमानस्थलमा यस वर्ष ५ करोड विनियोजन भएको जनाइएको छ । 


Author

थप समाचार
x