राजनीति

प्रस्तावित नेपाल विश्वविद्यालयलाई प्राविधिकसहित नयाँ पाठ्यक्रममा सञ्चालन गर्न सुझाव

इकागज |
फागुन ४, २०८० शुक्रबार १७:२५ बजे

काठमाडौँ- शिक्षाविदहरूले प्रस्तावित नेपाल विश्वविद्यालयलाई प्राविधिकसहित नयाँ पाठ्यक्रम गरी सञ्चालन गर्न सुझाव दिएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरूले अन्य विश्वविद्यालयभन्दा फरक ढंगले सञ्चालन गर्ने गरी नेपाल विश्वविद्यालय स्थापना गर्नुपर्ने सुझाव दिएका हुन् ।


बैठकमा शिक्षाविद् केदारभक्त माथेमाले अन्य विश्वविद्यालयमा धेरै कमजोरी देखिएकाले प्राविधिक पढेर ज्ञाता बन्न सक्ने गरि विश्वविद्यालय खोल्नुपर्ने बताए । पढ्ने र घोक्नेभन्दा पनि नयाँ विश्वविद्यालयले आफ्नो विचार र नयाँ कुरालाई स्थापित गर्ने वातावरण बनाइदिनुपर्ने उनले बताए ।

त्यस्तै कानुनविज्ञ माधव पौडेलले नेपालमा भएका विश्वविद्यालयको ऐन संशोधन गर्न कठिन हुने भएकाले सबै समस्यालाई समाधान गर्ने गरी नेपाल विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै शिक्षाविद् डा.चैतन्य मिश्रले संसारका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ विश्वविद्यालयलाई बलियो बनाउनुपर्ने धारणा राखे ।

बैठकमा समिति सदस्यहरूले नेपाल विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । 


Author

थप समाचार
x