राजनीति

कांग्रेसका मन्त्री गुरुङले छाडे सरकारी निवास

इकागज |
फागुन २१, २०८० सोमबार १८:१६ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गठबन्धन छाडेर नेकपा एमालेसँग नयाँ गठबन्धन गरेपछि कांग्रेसका मन्त्रीहरू अन्यौलमा परेका छन् ।

राजीनामा पनि नदिने भन्ने अडानमा रहेका मध्ये नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भने मन्त्री निवास छाडेका छन् ।


प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि समावेश गरेर नयाँ मन्त्रिमण्डलको तयारी गरिरहँदा कानुन मन्त्री गुरुङले सरकारी निवास छाडेका हुन् ।

‘आजबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारीबाट मुक्त भएको छु,’ उनले भने, ‘मन्त्री पदबाट मुक्त भएपछि मन्त्री निवास तुरुन्त छोड्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले आजै ४:३० बजे मन्त्री निवासबाट पुरानै डेरामा फर्केको छु । सबैलाई धन्यवाद ।'


Author

थप समाचार
x