राजनीति

सभामुखले बोलाएको बैठकमा प्रधानमन्त्री नजाने

इकागज |
जेठ २८, २०७८ शुक्रबार ७:५१ बजे

फाइल तस्बिर

काठमाडौँ : विघटित प्रतिनिधि सभाका सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् । आज दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा पूर्वप्रधानमन्त्री र संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखसँग सभामुख सापकोटाले छलफल बोलाएका थिए ।

आजको बैठकमा सहभागी हुने वा नहुनेबारे इकागजले प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापासँग सोधेको थियो । सभामुखले बोलाएको बैठकमा प्रधानमन्त्री जानुहुन्छ कि हुन्छ कि हुँदैन ? सभामुखलाई नचिने जसरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने उल्टै प्रश्‍न गरे- 'को सभामुख ?' इकागजले भन्‍यो- अग्‍नि सापकोटा । उनले थप प्रश्‍न- 'गरे कहिले भेट भयो ? को-सँग सोध्‍नुभयो ? यो बेलामा किन छलफल गर्नुपर्‍यो ।' इकागजले फेरि सोध्यो जानुहुन्छ कि हुँदैन ? थापाले भने 'मैले भनेको कुरा बुझ्‍नु न' ।


सभामुखले बोलाएको बैठकमा नजाने प्रधानमन्त्री ओलीका एक सचिवालय सदस्यले इकागजसँग पुष्टि गरे । यस्तो अवस्थामा बोलाएको बैठकमा नजाने टुंगो लागेको ति नेताले दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा सहभागी हुन सभामुख सापकोटाले पत्र पठाएका छन् । दोस्रो पटक प्रतिनिधि सभा विघटन भएपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन् । सापकोटाले यसअघि पनि पूर्व सभामुखसँग छलफल गरेका थिए । त्यस्तै उनले कानुनी र न्यायिक विज्ञसँग परामर्श गरेका थिए ।


Author

थप समाचार
x