राजनीति

बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग सिआइबीले लियो बयान

इकागज |
चैत ८, २०८० बिहीबार ११:० बजे

फाइल तस्बिर

काठमाडौँ- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ ।

सरकारी जग्गा हिनामिना गरेको आशंकामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको  संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो ।  जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले राससलाई जानकारी दिए ।


प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उहाँ भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उहाँलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए । 


Author

थप समाचार
x