राजनीति

गोकुल बास्कोटाको प्रश्‍न : एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेकाहरू थाके कि के हो ?

इकागज |
असार ७, २०७८ सोमबार १२:५३ बजे

फाइल तस्बिर

काठमाडौँ : नेकपा एमालेको एकता प्रक्रियाबारे पूर्वमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहका नेता गोकुल बास्कोटाले प्रश्‍न गरेका छन् । सोमबार ट्‍वीट गर्दै बास्कोटाले एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेकाहरू नै थाके कि के हो ? भन्‍दै प्रश्‍न गरेका छन् ।

'एकताको खिचडी पकाउन दत्तचित्त भएर लागेका कमरेडहरु नै थाके कि के हो ?' बास्कोटाले प्रश्‍न गरेका छन् 'खिचडी पाक्ने त हो-होइन चुल्हो धुवाँएको पनि देखिएन कि असारे झरीमा झुर्का भेटिएन ।' 


बास्कोटाले ट्‍वीट गरेका छन् 'अदालतमा बुझाएको सही फिर्ता लिने, जेठ ३ अघिको बैठक बस्‍ने । त्यो नमान्‍ने भए भो छोडदिम, झुर्का खोज्‍ने र टाउको दुखुन्जेल ढुङ्ग्रो फुक्ने काम ।'

‍एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच टकराब छ । 


Author

थप समाचार
x