राजनीति

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ

इकागज |
असार ९, २०७८ बुधबार १०:५२ बजे

काठमाडौँ : प्रतिनिधि सभा पुन:स्थापना माग गर्दै परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भएको छ । आज चार जना कानुन व्यवसायीले बहस गर्दैछन् । गोविन्द बन्दी महादेव यादव खम्बबहादुर खातीलगायत कानुन व्यवसायीले चार घण्टा बहस गर्नेछन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित १४६ जना सांसदले दिएको रिटमा सबैभन्दा पहिला सुनुवाइ भएको छ । सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा न्यायाधीशहरू दीपक कुमार कार्की, मीरा खड्का,ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन् । 


जेठ ७ गते  मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्दै चुनाव घोषणा गरेकी थिइन् । राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन रहेको भन्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए ।


Author

थप समाचार
x