राजनीति

रविन्द्र मिश्रले जारी गरेको धारणा व्यक्तिगत हो : संयोजक पाण्डे

इकागज |
साउन ११, २०७८ सोमबार १९:६ बजे

काठमाडौँ- विवेकशील साझा पार्टीक संयोजक मिलन पाण्डेले रविन्द्र मिश्रले जारी गरेको 'संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने' प्रस्ताव नितान्त व्यक्तिगत विचार रहेको बताएका छन् । 'पार्टीको घोषणापत्र, प्रस्तावित विधान अनुसार विवेकशील साझा पार्टी सामाजिक न्याय, समावेशीता र गणतन्त्रको जगमा बनिरहेको प्रोग्रेसिभ पार्टी हो,' फेसबुकमा उनले लेखेका छन् ।

विगतमा भएका आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने र संविधानको पूर्णतः पालना गर्ने प्रतिवद्धतामा पार्टी रहेको धारणा प्रस्तुत गरेका छन् । 'बाँकी विचारहरू नितान्त व्यक्तिगत' हुन्,' उनले लेखेका छन् ।


पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा पार्टीका नेताहरूले प्रतिक्रिया जनाउन थालेका छन् ।


Author

थप समाचार
x