राजनीति

गृहमन्त्री खाण र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

इकागज |
साउन २४, २०७८ आइतबार २०:१५ बजे

फाइल फोटो

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा चिनियाँ राजदुत यान्छी र गृहमन्त्री खाणबीच  शिष्टाचार भेटवार्ता भएको हो ।

भेटमा राजदूत यान्छीले नेपालको सरकार परिवर्तन हुँदा सकारात्मक रुपमा लिएको बताइन् । साथै उनले सरकारको सफलताको कामना पनि गरेकी छन् । नेपाल–चीनबीचको मित्रतालाई कायम गर्न चाहेको भन्दै उनले नेपाल र नेपालको लोकतन्त्रका लागि चीन सँधै सकारात्मक भएको पनि बताइन् ।


भेटमा मन्त्री खाणले चीन सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद दिए । कोभिड-१९ विरुद्धको लडाइ र नागरिकको जीवन रक्षाको लागि उपलब्ध गराएको खोपको लागि बिशेष दिदैँ मन्त्री खाणले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारको योजना रहेको पनि बताए । 


Author

थप समाचार
x