राजनीति

पौडेलसहितका नेताद्वारा पार्टी कार्यालयको अनशनबारे देउवाको ध्यानाकर्षण

इकागज |
असोज २०, २०७८ बुधबार १९:२५ बजे

काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी कार्यालय सानेपामा अनसन बसेकाहरूका समस्या सुन्न प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर नेताहरूले रौतहट र सर्लाहीको अनशनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।


नेता पौडेलका स्वकीय सचिव चिरनजीवी अधिकारीले लोकतान्त्रिक पार्टीमा नेता कार्यकताले क्रियाशील सदस्यताको विषय उठाएर गरेको अनशनबारे सभापतिको ध्यानाकर्षण गराएको जानकारी दिए । 

क्रियाशील सदस्यताको विषयलाई लिएर रौतहटका पार्टी नेता कार्यकर्ता तीन महिनादेखि पार्टी कार्यालयमा अनशनमा छन् ।

त्यस्तै सर्लाहीका गोविन्दराम यादव एक सातादेखि क्रियाशील सदस्यताको विषयलाई लिएर आमरण अनशनमा बसेका छन् । उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । आज उनलाई ज्वरो आएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । 
 


Author

थप समाचार
x