राजनीति

जीवनबहादुर शाहीलाई २१ सांसद्को समर्थन, केहीबेरमा मुख्यमन्त्री बन्दै

इकागज |
कात्तिक १६, २०७८ मंगलबार १९:७ बजे

सुर्खेत - कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा उनले मंगलबार दिउँसो प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई दाबी पेश गरेका हुन् ।

शाहीलाई प्रदेशसभाका २१ सदस्यको समर्थन छ । मुख्यमन्त्रीमा दाबी पेशका लागि प्रदेश प्रमुख कलौनीले मंगलवार साँझ साढे सात बजेसम्मको समय तोकेका थिए ।


प्रदेश प्रमुख कार्यालय स्रोतका अनुसार मंगलबार (आज) राति मुख्यमन्त्री नियुक्त भई शपथ गराइनेछ । मुख्यमन्त्रीमा दाबी पेश गरेका कांग्रेस संसदीय दलका नेता शाहीलाई राति साढे आठ बजे शपथ ग्रहण गराउने गरी तयारी भइरहेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कांग्रेससँगको पूर्वसहमतिअनुसार सोमबार पदबाट राजीनामा दिएका थिए ।


Author

थप समाचार
x