राजनीति

प्रदेश-१

पेलेर निर्णय गर्दिन : मन्त्री कार्की

इकागज |
कात्तिक १७, २०७८ बुधबार १४:२९ बजे

विराटनगर - प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले आफुले कसैलाई पनि पेलेर निर्णय नगर्ने बताएका छन् । बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारहरूसग सम्बन्धित कुनै पनि काम गर्दा छलफल गरेर मात्रै गर्ने बताए ।

उनले देखेका कुराहरूलाई खुलस्त रुपमा लेखिदिन समेत आग्रह गरे । आफूले प्रतिपक्षमा हुँदा पनि सरकारले ल्याएका कानुनहरूलाई उत्कृष्ट बनाउन संसोधन प्रस्तावमार्फत भूमिका खेलेको स्मरण गर्दै बर्तमान सरकारको तर्फबाट ल्याइने कानुनहरूलाई बढीभन्दा बढी जनताको हित गर्ने गरी बनाउने प्रतिबद्धता जनाए ।



Author

थप समाचार
x