राजनीति

नारायणी किनारमा एमालेको १०औं महाधिवेशन (फोटो फिचर)

बाबुराम भण्डारी | अनुज बज्राचार्य |
मंसिर १०, २०७८ शुक्रबार १३:१३ बजे

चितवन – नेकपा (एमाले)को १०औँ महाधिवेशन चितवनस्थित नारायणी किनारमा सुरु भएको छ । एमालेले करिब ५० लाख रुपैयाँ खर्चेर नारायणी किनारमै भव्य मञ्च बनाएको छ । आजको कार्यक्रममा एमालेले देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने बताएको छ ।  

एमालेका नेतासँगै अन्य दलका प्रमुखहरु पनि महाधिवेशनमा सहभागी हुन आउनेक्रम जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा पनि उक्त कार्यक्रममा सहभागी हुँदैछन् । त्यस्तै विदेशी पाहुना पनि एमालेको महाधिवेशन स्थलमा पुगेका छन् ।  एमाले महाधिवेशनमा उपस्थित भिड व्यवस्थापनको लागि जनपथ र सशस्त्र प्रहरीका दुई एआइजीको नेतृत्वमा सुरक्षा फौज खटिएको छ ।  



Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।


थप समाचार
x