लेबनानमा बर्दबहादुर गण फोर्स कमान्डरबाट सम्मानीत

काठमाडौँ – लेबनानमा शान्ति मिसनमा कार्यरत बर्दबहादुर गण फोर्स कमान्डरबाट सम्मानीत भएको छ । शक्ति राष्ट्रहरूको चलखेलको शिकार, आर्थिक नाकाबन्दी, राजनैतिक अस्थिरता तथा अन्तराष्ट्रिय सीमा विवादका बीच कठिन अवस्थामा गुज्रिरहेको लेबनानमा युनिफिल मिसनअन्तर्गत अत्यन्त संवेदनशील ईलाकामा गत वर्षको माघबाट तैनाथ नेपाली सेनाको टोली युनिफिल मिशन प्रमुख तथा फोर्स कमाण्डर मेजर जनरल स्टेफानो डेल कलेमार्फत सम्मानीत भएको हो ।
गणमा कार्यरत सेनालाई पुस २२ गते नाकुरामा आयोजित एक कार्यक्रमकाबीच सम्मानीत गरियो । मिशन अन्तर्गत १० राष्ट्रका सैनिक गणहरु मध्ये उत्कृष्ट गणलाई यसरी उत्कृष्टताको प्रशंसा(पत्र प्रदान गरिन्छ । गत जेष्ठ महिनामा समेत उक्त गणले मिशन ईलाकामा अन्य १० राष्ट्रका गणहरुलाई पछि पार्दै वार्षिक वातावरणीय अवार्ड प्राप्त गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया