राजनीति

स्थानीय तहको निर्वाचनबारे छलफल गर्न देउवाले बोलाए सर्वदलीय बैठक

इकागज |
माघ ७, २०७८ शुक्रबार २०:४५ बजे

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।  बैठक भोलि (शनिबार) बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

आज (शुक्रबार) सत्तारुढ राजनीति समन्वय समितिको बैठकले तीनै तहको निर्वाचन एकै पटक गर्नेबारे छलफल गरेको थियो । देउवाले समन्वय समितिको बैठकपछि देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।


 बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी हुनेछन् । यसअघि देउवाले डाकेको सर्वदलीय बैठकमा भने प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएको थिएन । 

समन्वय समितिले निर्वाचनको मितिबारे भने आयोग र संविधानविद्हरुसँग छलफल गरेर मात्र तय गर्ने भएको छ ।  को थिएन। 


Author

थप समाचार
x