राजनीति

दाहालले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलीले गरे उद्घाटन

बिक्रम खड्का |
माघ १२, २०७७ सोमबार १३:१८ बजे

फाेटाे रासस

बुटवल : प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुल उद्घाटन गरेका छन् । केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट राप्ती नदीको पुलमा ओर्लिएको प्रधानमन्त्री ओलीले  औपचारिक रुपमा पुलको उद्घाटन गरेका हुन् ।  

गत असारमै निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको पुल आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । पुल उद्घाटनपछि राप्ति गाउँपालिका–२ लालबटियामा आयोजना हुने पार्टीको सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


प्रधानमन्त्री ओली दाङ आएका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी, सीमा सुरक्षा बल भालुवाङबाट सशस्त्र प्रहरी र घोराहीस्थित रिपुमर्दन गणबाट नेपाली सेनाको टोली खटिएको छ । चार वर्षअघि तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिलान्यास गरेको राप्ती नदीको पुल उद्घाटनका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । 

उद्धघाटनपछि आयोजित कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै उनले देशको समृद्धिकालागि धेरै ठूला योजनाहरु निमार्णको अन्तिम चरणमा रहेको बताए । उनले सरकारको राखेको सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुने बाटोमै अघि बढीरहेको दाबी गरे । 
 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x