राजनीति

श्री ३ बन्‍ने ओलीको चाहना समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउँछौं : दाहाल

बिक्रम खड्का |
माघ १५, २०७७ बिहीबार १६:० बजे

बुटवल : नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले श्री ३ महाराज बन्‍न चाहनेहरूलाई धरासायी पार्ने चेतावनी दिएका छन् । समूहको बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले श्री ३ महाराज बन्‍नेहरूलाई लुम्बिनी प्रदेशले धरासायी बनाउने चेतावनी दिए ।


ओलीले संविधानको घाँटी रेट्ने काम गरेको दाहालले आरोप लगाए । ‘संविधानको घाँटी रेटेर हत्या गर्ने, लोकतन्त्रको हत्या गर्ने निरंकुशता र स्वेच्छाचारी ओलीको चुट्की भरमा अन्त्य हुनेछ’, दाहालले भने, श्री ३ बन्‍ने ओलीको चाहनालाई समाप्त पारेर बाँकी दुई वर्षभित्र देशलाई समृद्ध बनाउने छौं ।

दाहालले ओलीलाई आफैले प्रस्ताव गरेर अध्यक्ष बनाएको र आफैले समर्थन गरेर प्रधानमन्त्री बनेको स्मरण गर्दै अहिले सामन्ती निरंकुशताको एजेन्ट बनेको देख्दा दुर्भाग्य लागेको बताए ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x