राजनीति

भीम रावलको प्रश्‍न, बहुमतको आधारमा लोकतन्त्र नचल्‍ने हो भने निर्वाचन के को लागि ?

नवराज पनेरु |
माघ १८, २०७७ आइतबार १५:४३ बजे

धनगढी : नेकपा (दाहाल–नेपाल समूह) सुदूरपश्चिमका ईञ्‍चार्ज भीम रावलले राजनीतिक नैतिकताको हेक्का नराखी प्रधानमन्त्री केपी शर्मा ओलीले मनमौजी गर्न थालेको आरोप लगाएका छन् । धनगढीमा प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता रावलले कार्यकारी प्रधानमन्त्री भनेर ओलीले मनमौजी गरेको आरोप लगाएका हुन् । 

उनले मन्त्रिपरिषद् विस्तारसंगै हरेक कार्य गर्दा ओलीले संविधान मिचेर गरेको आरोप लगाए । ओली सरकारकै मन्त्रीले पनि निर्वाचन नहुनसक्‍ने भन्दै अभिव्यक्ति दिएको बताउँदै रावलले नेकपाको आधिकारिकताको विषयमा निर्वाचन आयोगले स्पष्ट निर्णय लिनुपर्ने बताए । 


‘निर्वाचन आयोग निर्वाचनमा बहुमत जसले ल्याउँछ त्यस्लाई बिजयी घोषणा गर्नको लागि हो,’ उनले भने, ‘नेकपाको दुई तिहाईभन्दा बढी केन्द्रीय सदस्य हाम्रो साथमा छन् । त्यो बहुमतलाई किन आधिकारीक नमान्ने ? निर्वाचन आयोगलाई पनि प्रश्‍न गर्न चाहन्छु, बहुमतको आधारमा लोकतन्त्र नचल्‍ने हो भने निर्वाचन के को लागि ?’ 
निर्वाचन आयोगले केन्द्रीय सदस्यलाई बोलाएर सनाखत गर्नुपर्ने र त्यसका लागि आफू तयार रहेको रावलले बताए ।


Author

थप समाचार
x