राजनीति

दिल्लीको अस्पताल भर्ना भए पूर्व प्रधानमन्त्री भट्टराई

इकागज |
फागुन ११, २०७७ मंगलबार १२:५० बजे

काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा. भट्टराई मंगलबार बिहान ९ बजे भारत दिल्लीको आईएलबीएस अस्पतालमा भर्ना भएका हुन् ।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेका अनुसार उनको बेलूकीसम्मै अस्पतालमा परीक्षणको काम हुनेछ । पछिल्लो केही समययता पेट दुख्न थालेपछि उनी काठमाडौँकै एक अस्पतालमा भर्ना भएका थिए । चिकित्सकको सल्लाह अनुसार उनी थप परीक्षण र उपचारका लागि आइतबार भारत गएका हुन् । 



 


Author

थप समाचार
x