राजनीति

सर्वोच्चको फैसलाले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ : पौडेल

इकागज |
फागुन ११, २०७७ मंगलबार १९:२४ बजे

फाइल तस्‍वीर

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् । फैसलाले सत्यको जीत भएको उनको भनाइ छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले सर्वोच्चको फैसलाले मुलुकलाई ठूलो दुर्घटबाट बचाएको प्रतिक्रिया दिएका छन् । 

‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन,’ उनले लेखेका छन्, ‘संसद पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ । सर्वोच्चको फैसलाले सत्यको जित भएको छ । र यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।
 सर्वोच्चलाई धन्यवाद !’


 


Author

थप समाचार
x