राजनीति

दाहाल-नेपाललाई भेट्‌न पेरिसडाँडामा ठाकुर र महतो : सत्ता सहकार्य गर्न जसपाको यस्तो सर्त

इकागज |
फागुन १३, २०७७ बिहीबार ११:५६ बजे

काठमाडौँ : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नयाँ सत्ता सहकार्यका विषयमा छलफल गर्न पेरिसडाँडा पुगेका छन् । पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध एक हुने र नयाँ सत्ता समीकरणका विषयमा छलफल भएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।

उनका अनुसार ठाकुरका साथमा जसपाका वरिष्‍ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठ पनि पुगेका थिए । छलफलका क्रममा ठाकुरले नयाँ सत्ता समीकरणका विषयमा समेत कुराकानी गरेका थिए । नयाँ सत्ता समीकरणका विषयमा नेकपाको दाहाल-नेपाल समूहले नेपाली कांग्रेस, जसपा लगायतका नेताहरुसँग छलफल गरिरहेको छ ।


बैठकमा जसपाले साझा एजेण्डाको माग गरेको छ । अब बन्‍ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेतालाई रिहाइ लगायतका विषयलाई साझा एजेण्डा बनाए सहकार्य गर्ने धारणा राखेका थिए । जसको धारणापछि दाहालले मधेसको माग सम्बोधन गर्न आफु पहिलादेखि सकारात्मक रहेको बताएका थिए । छलफल सकारात्मक भएको र छलफललाई निरन्तरता दिने सहमति भएको बताइएको छ ।

यसअघि हिजो दाहाल-नेपालले बुढानिलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । 


Author

थप समाचार
x