राजनीति

गृहमन्त्री थापा र नेकपा महासचिव चन्दबीच भेटघाट

इकागज |
फागुन २२, २०७७ शनिबार १४:३४ बजे

काठमाडौँ : आफ्ना कार्यकर्ता छुटाउने विषयमा गृहमन्त्री रामबहादुर थापासँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले छलफल गरेका छन् । उनीहरूबीच थापाको सरकारी निवास पुल्चोकमा शनिबार बिहान भेटवार्ता भएको हो । महासचिव चन्दले भेटमा आफ्ना कार्यकर्ता रिहा र अनेकन मुद्दामा रहेका आफ्ना कार्यकर्तालाई स-सम्मान फिर्ता लिन विषयमा छलफल गरेको गृहमन्त्री निकट स्रोतले बतायो । 

शुक्रबार मात्र सरकारसँग तीन बुदे सहमति गरेर सार्वजनिक भएका चन्द र थापाबीच समसामयिक राजनीतिक विषयमा पनि कुराकानी हो । आजै बिहान चन्दले हिरासतमा रहेको नेता हेमन्तप्रकाश ओलीलाई भेटेका थिए । 


सरकारले नेकपाका चन्द समुहलाई प्रतिबन्ध लगाएपछि उनीहरू भूमिगत भएर द्वन्द्वको तयारी गरिरहेका थिए । चन्द समूह चन्दा असुली र पूर्वाधार भत्काउन बम प्रयोग गर्न समेत थालेका थिए । 

लामो समयको वार्तापछि बिहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो । चन्द शुक्रबार प्रधानमन्त्रीसँग लामो छलफल गरेर प्रधानमन्त्रीकै गाडि चढेर आउँदै राष्ट्रिय सभा गृहमा सार्वजनिक भएका थिए ।


Author

थप समाचार
x