राजनीति

किन भेटे चन्दले ओलीलाई ?

इकागज |
चैत ९, २०७७ सोमबार १५:१३ बजे

फाइल तस्‍वीर

काठमाडौँ : नेत्र विक्रम चन्‍दले सोमबार प्रधानमन्‍त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सरकार र चन्‍द नेतृत्‍वको नेकपाबीच भएको तीन बुँदे सहमति कार्यन्‍वयनका विषयमा उनले प्रधानमन्‍त्री ओलीको ध्‍यानाकर्षण गराएका हुन् ।

बालुवाटार पुगेका चन्‍दले फागुन २० गते भएको तीन बुँदे सहमतिअन्तर्गत हिरासतमा रहेकाे नेता-कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेको चन्द नेकपाका नेता उदय चलाउने जानकारी दिए । उनकाअनुसार चन्‍दले आफूहरू शान्तिपूर्ण राजनीतिमा आए पनि हिरासतमा रहेका नेता-कार्यकर्ता नछुटेको भन्दै  प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रधानमन्त्री ओलीले प्रक्रियामा रहेको बताएका थिए । चन्दसँगै प्रवक्ता खड्गबहादर विश्वकर्मा पनि बालुवाटार पुगेका थिए । 


प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने भेट बारे आफूलाई कुनै जानकारी नभएको बताए । 

फागुन २० गते सरकार र चन्द नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएपछि २१ गते चन्द सार्वजनिक भएका थिए । सहमतिमा चन्द शान्तिपूर्ण राजनीतिमा आउने, सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्ने र हिरासतमा रहेकोनेता कार्यकर्ता रिहाइ गर्ने उल्लेख थियो । सहमतिपछि सरकारले प्रतिबन्ध फुकुवा गरेको छ भने चन्दका केही कार्यकर्ता छुटेका छन् ।  सयभन्दा बढी नेता-कार्यकर्ता अझैं हिरासतमा छन् ।

यो पनि

किन छुटेनन् चन्दका अधिकांश नेता-कार्यकर्ता ?


Author

थप समाचार
x