राजनीति

२ महानगरमा गठबन्धनमाथि कांग्रेसका बागी उम्मेदवार

इकागज |
बैशाख १२, २०७९ सोमबार १८:३७ बजे

काठमाडौं–निर्वाचनमा पाँच दलीय गठबन्धन गरेर महानगरको भागबण्डा गरेता पनि २ महानगरमा कांग्रेसका नेताले बागी उम्मेदवारी दिएका छन् । माओवादीको भागमा परेको भरतपुर महानगरपालिका र एकीकृत समाजवादीको भगमा परेको पोखरा महानगरमा कांग्रेसका नेताले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

आज मनोनयन दर्ताको अन्तिम दिन  भरतपुर महानगरपालिकाको मेयरमा पूर्वसांसद एवं  कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै पोखरा महानगरमा  कांग्रेसबाट ३ बागी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।


सोमबार नेपाली कांग्रेसका नेता नन्दूप्रसाद तिवारीले मेयरमा उम्मेदवारी दिए दिएका थिए भने आइतबार  विमलबहादुर कार्की र सोमबार ऋषि सापकोटाले पनि मेयरमा उम्मेदवारी दिएका थिए ।

भरतपुर र पोखराको मेयर आफ्नो भागमा पर्नुपर्ने कांग्रेस कार्यकर्ताले माग राख्दै आएका थिए । उनीहरुले कार्यकर्ताको मनोभाव विपरित गठबन्धनले निर्णय गरेको भन्दै  विरोध जनाउँदै आएका थिए । 


Author

थप समाचार
x