राजनीति

ओलीको गृहनगर दमकमा मेयर र उपमेयर दुवैमा एमाले फराकिलो मतान्तरले पछाडि

इकागज |
जेठ २, २०७९ सोमबार १०:२३ बजे

काठमाडौं– नेकपा एमालेका अध्यक्ष ओलीको गृहनगर दमक नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमाले फराकिलो मतान्तरले पछाडि परेको छ । मेयर पदमा  एमालेलाई पछाडि पार्दै राप्रपाले अग्रता कायम गरेको छ । मेयर पदमा राप्रपाका रामकुमार थापाले ५ हजार ९१ मत ल्याएर पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले ४ हजार ४ सय ९५ मत ल्याएकी छिन् । 


उपमेयरमा कांग्रेसकी रेगिना भट्टराई ४ हजार ९ सय ४३ मत ल्याएर पहिलो स्थानमा छिन् । दोस्रोमा रहेका एमालेका अम्बिकाप्रसाद खनालले ४ हजार ३ सय ४४ मत ल्याएका छन् । 
 



Author

थप समाचार
x