राजनीति

३ पालिका र ४८ वडाको नतिजा सार्वजनिक

मकवानपुरका पालिकामा एमाले र वडामा कांग्रेस अगाडि

सरिता दाहाल |
जेठ २, २०७९ सोमबार १७:३९ बजे

मकवानपुर  । मकवानपुरमा सोमबार दिउँसोसम्ममा ३ वटा गाँउपालिका र ४८ वडाको मतगणना सकिएको छ । नतिजा अनुसार पालिकामा एमाले अघि छ भने वडामा कांग्रेस अगाडि छ ।

दिउँसो ३ बजे मतगणना भएका ४८ वडामा सबैभन्दा बढि वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले २५ वडा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले ११ र एमालेले १२ वडा अध्यक्ष जितेको छ । मकवानपुरमा १०२ वडा छन् ।


पालिकाको नेतृत्वमा भने एमाले अघि देखिएको छ । हालसम्म नतिजा सार्वजनिक भएको ३ पालिका मध्ये एमालेले २ वटा गाउँपालिकामा अध्यक्ष र एक गाउँपालिका उपाध्यक्ष जितेको छ । काँग्रेसले एक गांउपालिकामा अध्यक्ष र एक गाँउपालिका उपाध्यक्ष जितेको छ । माओवादीले एक गाउँपालिका उपाध्यक्ष जितेको छ ।

एमालेले भिमफेदी गाउँपालिका अध्यक्ष तथा इन्द्र सरोवरमा अध्यक्ष र उपाध्यक्ष जितेको छ । इन्द्र सरोवरमा एमालेको उम्मेदवार अध्यक्षमा कृष्णदेव पुडासैनी र उपाध्यक्षमा उमा कुमारी लामा बिजयी भएका छन् भने भिमफेदीमा एमालेका हिदम लामा बिजयी भएका छन् ।

यस्तै कांग्रेसले कैलाश गाउँपालिका अध्यक्ष र भिमफेदी गाउँपालिका उपाध्यक्ष जितेको छ । कैलाश गाउँपालिकामा नेपाली काङ्ग्रेसका उम्मेद्बार लोक बहादुर मोक्तान अध्यक्ष र भिमफेदीमा कांग्रेसका उम्मेद्वार संजिव श्रेष्ठ विजयी भएका छन् । माओवादीले कैलाश गाउँपालिका उपाध्यक्ष जितेको छ । यहाँ माओवादी केन्द्रका उम्मेदवार बालकुमार मल्ल बिजयी भएका हुन् ।

वडाहरूमा भएको नतिजा विवरण यस्तो छ :
नेपाली कांग्रेस विजयी भएको वडाहरुः
1) इन्द्रसरोबर–१ मा सुवास थापा
2) इन्द्रसरोबर–२ मा सुमन श्रेष्ठ
3) मकवानपुरगढी–१ मा आइत सिंह लो
4) मकवानपुरगढी–८ मा कुमार घिसिंङ
5) भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान
6) कैलाश–१ मा तेज बहादुर ब्लोन
7) कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ
8) मनहरी–१ मा शिव प्रसाद खनाल
9) राक्सिराङ–२ मा बुद्धराम मुक्तान
10) बकैया-११ मा गोपाल बहादुर नेसुर
11) कैलाश-९ मा भुवनसिं घलान
12) भीमफेदी-६ मा सोमबहादुर घलान
13) बकैया-१२ मा ज्ञानेन्द्र बजगाई
14) हेटौंडा-१ मा सविन न्यौपाने
15) मनहरी-३ मा अनन्त अर्याल
16) भीमफेदी-७ मा मित्रबन्धु सिन्जाली
17) बकैया-१० मा कमला वाइवा
18) मकवानपुरगढी-७ मा सूर्यबहादुर रूम्बा
19) मकवानपुरगढी-२ मा बखानसिं पाख्रिन
20) थाहा-६ मा राजेन्द्रभक्त श्रेष्ठ
21) हेटौंडा-२ मा विष्णुगोपाल महर्जन
22) राक्सिराङ-२ मा बुद्धराम मोक्तान
23) कैलाश-७ मा उदास भोलन
24) कैलाश-८ आशिष प्रजा
25) ईन्द्रसरोवर-५ दुधराज तितुङ

नेकपा एमाले विजयी भएको वडाहरुः
1) राक्सिराङ–१ मा बाबीराम मुक्तान
2) कैलाश–१० मा सूर्य बहादुर ब्लोन
3) भीमफेदी–२ मा काशी राम बज्यु
4) भीमफेदी–४ मा सागर पाण्डे
5) इन्द्रसरोवर-३ मा प्रताप भोम्जन
6) इन्द्रसरोवर-४ मा चन्द्रकुमार बल
7) भीमफेदी-५ मा जाहारसिं लामा
8) भीमफेदी-८ मा बिष्णुबहादुर लामा
9) बकैया-६ मा फुलबहादुर भोम्जन
10) भीमफेदी-९ मा प्रकाश पुडासैनी
11) हेटौंडा-१९ मा नरनाथ सुवेदी
12) थाहा-५ विष्णु बहादुर गुरूङ

नेकपा माओवादी केन्द्र विजयी भएको वडाहरुः
1) थाहा–१ मा हेरमान गोपाली
2) मनहरी–२ मा राजकुमार पाख्रीन
3) बागमती–१ मा यहुन्ना राई
4) भीमफेदी–३ मा पृति लाल लामा
5) थाहा–२ मा बमबहादुर सिंतान
6) बकैया–१ मा आशिश तितुङ
7) बकैया–२ मा विश्वराज स्याङतान
8) थाहा-३ मा हिरेन्द्र रायमाझी
9) थाहा-४ मा नारायण लामा
10) कैलाश-३ मा देवलाल बल
11) बकैया-८ विष्णु नेगी 


Author

थप समाचार
x