कोशी

विश्वासको मत नपाउने भएपछि कोशीका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा राजीनामा

इकागज |
असोज २०, २०८० शनिबार १६:१ बजे

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामाको घोषणा गरेका छन् । प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै कार्कीले आजै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने बताएका हुन् ।

गत भाद्र २२ गते सर्वोच्च अदालतको परमादेश बमोजिम संविधानको धारा १६८ को उपधारा (३) बमोजिम कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।


उनले राजीनामाको घोषणा गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिमको सरकार गठनको सम्भावना कायम राख्न समेत सुझाव आएकाले राजीनामा दिन लागेको बताए ।

मुख्यमन्त्री कार्कीले राजीनामा दिने घोषणा गरेका कारण प्रदेश सभाको बैठक पनि अनिश्चितकालका लागि स्थगित भएको छ ।


Author

थप समाचार
x