कोशी

कोशी प्रदेशमा शेखर समूहका केदार कार्की मुख्यमन्त्री नियुक्त

बाबुराम भण्डारी |
असोज २७, २०८० शनिबार ९:५९ बजे

विराटनगर- कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसबाट विद्रोह गरेका शेखर कोइराला समूहका केदार कार्की नियुक्त भएका छन् । मुख्यमन्त्री हुनका लागि चाहिने ४७ सांसदले हस्ताक्षर गरेपछि कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की सपथ आइतबार हुने प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

कार्कीलाई ४७ जना सांसदले साथ दिएका थिए । जसमा नेपाली काङ्ग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सांसदहरूले सनाखत गरेका थिए ।


संविधानको धारा १६८ को उपधारा (५) बमोजिमको मुख्यमन्त्री नियुक्ति गर्न आज (शनिबार) बिहान ८ बजदेखि दिउँसो २ बजेसम्म सनाखतको समय तोकिएको थियो । कार्की पक्षका सांसदहरु निर्धारित समय अगावै प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x