कोशी

कोशी कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दिए राजीनामा

इकागज |
असोज २७, २०८० शनिबार १३:५६ बजे

काठमाडौँ- कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । शनिबार थापाले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको बताइएको छ । 


कोशी प्रदेशको मुख्यमन्त्रीमा शनिबार कांग्रेस नेता शेखर कोइराला समूहका केदार कार्की एमालेको सहयोगमा नियुक्त भएका थिए । तर, सत्ता गठबन्धनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई उम्मेदवार बनाएको थियो । तर, कार्की कांग्रेसका कोइराला समूहका ८ जना र एमालेका ३९ सांसदहरूको सहयोगमा मुख्यमन्त्री बनेका थिए ।


Author

थप समाचार
x