कोशी

कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

इकागज |
कात्तिक १, २०८० बुधबार १३:३३ बजे

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गरेका छन् । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति भएका मुख्यमन्त्री कार्कीले उपधारा (४) बमोजिम प्रदेश सभामा विश्वासको मत मागेका हुन् । 

मुख्यमन्त्री कार्कीले प्रदेशमा विषम परिस्थितिमा नयाँ अवस्था सृजना भएकोले आफू मुख्यमन्त्री बन्न सफल भएको बताए । उनले सबै प्रकारका आन्दोलनको भावनाबाट आफू नेतृत्वको सरकारले काम  गर्ने बताए ।


सबै मिलेर प्रदेशवासीको आकांक्षा पूरा गर्ने बेला आएको बताए । समयमा ऎन कानुन निर्माण गर्न अब संघीय सरकारले तदारुकता देखाउनु पर्ने, खल्तिबाट योजना निकालेर प्रदेशलाई कमजोर पार्ने कुराको अन्त्य, प्रदेशलाई मध्यावधिमा जान रोक्नका लागि विश्वासको मत दिन आग्रह गरे ।

प्रदेशका सांसदले सरकार र मुख्यमन्त्रीप्रति गर्ने आलोचनालाई आफुले सहज रुपमा स्विकार गर्ने आश्वास्त पार्न खोजे ।
आफ्नो कार्यकालमा प्रदेश सभामा प्रश्नोत्तर सामना गर्न तयार रहेको बताए ।


Author

थप समाचार
x