कोशी

कोशीमा पहिलो मन्त्रिपरिषद् विस्तार

माओवादी र नेकपा एसबाट १-१ मन्त्रीको शपथ

इकागज |
कात्तिक १७, २०८० शुक्रबार १९:७ बजे

विराटनगर- मुख्यमन्त्री केदार कार्कीले कोशी सरकारमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएका छन् । उनले माओवादी केन्द्रका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।​

नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले आज शुक्रबार नै पद तथा गोपनीयताको शपथ गराएका छन् ।


संविधानको धारा १६८ को उपधारा (५) अनुसार नेकपा एमालेका ३९ र नेपाली कांग्रेसबाट ८ सांसदसहित विद्रोह गरेर कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । 


Author

थप समाचार
x