कोशी

Breaking News

कोशी सरकारबाट बाहिरियो एमाले, मन्त्री रानाले दिए राजीनामा

इकागज |
कात्तिक १८, २०८० शनिबार ९:२७ बजे

विराटनगर- कोशी सरकारबाट नेकपा एमालेका मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका उपनेता रहेका विनाविभागिय मन्त्री राम रानाले मन्त्रीबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले शुक्रवार नेकपा माओवादी केन्द्रका गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगुलाई मन्त्री नियुक्त गरेका थिए ।


कार्की एमालेको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए । 

रानालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले असोज २८ गते शपथ ग्रहण गराएका थिए ।


Author

थप समाचार
x