मधेश

एकिकृत समाजवादीका महोत्तरी अध्यक्ष र सचिव एमाले प्रवेश

इकागज |
कात्तिक ३०, २०८० बिहीबार ९:३ बजे

बर्दिवास- नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवले पार्टी परित्याग गरेका छन् । 

महोत्तरीको रामगोपालपुरमा एमाले क्षेत्रीय समन्वय समितिले आयोजना गरेको दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।


नेकपा एसका जिल्ला अध्यक्ष यादवसहित जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंहलगायत नेता कार्यकर्ताहरूले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एस परित्याग गरे उनीहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरूलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् । 
 


Author

थप समाचार
x