मधेश

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

इकागज |
मंसिर २९, २०८० शुक्रबार १३:१४ बजे

सांकेतिक तस्बिर

धनुषा- धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आज बिहान जनकपुरधामबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीस्थित पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो । 


मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी रहेका जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । उनका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन् ।

सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको न्यूरो अस्पताल सिफारिस गरिएको अवालेले जानकारी दिए । रासस 


Author

थप समाचार
x