मधेश

स्कार्पियो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

इकागज |
फागुन १५, २०८० मंगलबार ९:४५ बजे

रौतहट- सर्लाहीस्थित पूर्व पश्चिम हुलाकी सडक अन्तर्गत कौडेना गाउँपालिका वडा ३ मा सोमबार राति स्कारपियो र मोटरसाइकल एक आपसमा जुध्दा रौतहटका दुईजना युवकको मृत्यु भएको छ ।

गएराति साढे ८ बजेको समयमा भएको उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार रौतहट माधवनारायण नगरपालिका-६, का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पन्जियार थारुले बताएका छन् । दुर्घटनामा घाइते दुवै युवकलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।


मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरित दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल कौडेना र मुसैलीको बीच एकआपसमा जुधेको डीएसपी थारुले जानकारी दिए का छन् ।

दुर्घटना लगत्तै प्रहरीले स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ तर चालक भने फरारभएको तथा उसको खोजी भइरहेको प्रहरीले जनाएको छ। मृतक दुवै जनाको शव पोष्टमारटमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ।

भर्खरै कालोपत्रे भएको हुलाकी सडकखण्डमा चालकले तीब्रगतिमा सवारी चलाउने गरेको कारण दैनिकजसो सवारी दुर्घटना भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x