बागमती

हेटौंडा उपमहानगरपालिकाको बजेटमाथि आज छलफल

इकागज |
असार २०, २०७९ सोमबार ६:२९ बजे

फाइल तस्बिर

मकवानपुर - बागमती प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम र बजेटमाथि आज छलफल हुँदैछ । उपमहानगरपालिकाले गत १२ असरमा नीति तथा कार्यक्रम र सोको कार्यान्वयनका लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८२० रुपियाँ बजेट सार्वजनिक गरेको थियो ।

आज दिउँसो १ बजेको लागि नगरसभा बोलाइएको छ । नगर कार्यपालिकामा प्रतिपक्षको भूमिकामा रहेको नेकपा एमालेले सहभागिता जनाएमा आजै छलफल तथा बजेर पास गरिने छ ।


यता एमालेले नगरसभामा आफूहरूको भूमिका के हुने भन्नेबारे आधिकारिक धारण सार्वजनिक गरेको छैन । आजै नगरप्रमुख मिना कुमारी लामाले बिहान ८ बजे कार्यपालिका बैठक पनि बोलाएकी छिन् ।


Author

थप समाचार
x