बागमती

रसुवा माओवादीले गर्‍यो देवकोटासहित उम्मेदवार सिफारिस

इकागज |
भदौ २२, २०७९ बुधबार १०:५५ बजे

रसुवा- आसन्‍न मङ्सिर ४ को निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य दिपक देवकोटाको नाम सिफारिस भएको छ । रसुवा माओवादीले पुर्व विद्यार्थी नेता देवकोटालाई प्रतिनिधि सभाका लागि सिफारिस गरेको हो । 

कालिकास्थानमा बसेको जिल्ला कमिटी रसुवाको बैठकले मङ्सिर ४ को निर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको उम्मेदवारको नाम सिफारिस टुङ्ग्याएको छ ।


एक संघीय निर्वाचन क्षेत्र र दुई प्रदेश रहेको जिल्लामा प्रतिनिधि सभा सदस्य प्रत्यक्षमा इन्द्र गोतामे (जगतजंग), देवकोटा र फुर्पु तेन्जिङ तामाङको नाम सिफारिस भएको  छ ।

त्यस्तै प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ तेन्जिङ तामाङ, नानीमैयाँ न्यौपाने मगर र अमिर गुरुङको नाम सिफारिस गरिएको छ ।

सिफारिसका परेकाहरू

प्रतिनिधि सभा सदस्य प्रत्यक्ष उम्मेदवारतर्फ
इन्द्र गोतामे (जगतजंग)
दिपक देवकोटा
फुर्पु तेन्जिङ तमाङ

प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ
तेन्जिङ तामाङ
नानीमैयाँ न्योपाने मगर
अमिर गुरुङ

प्रदेश निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्ष उम्मेदवार सिफारिस
केशवप्रसाद पौडेल
जयराम घले
छेसिङ्गि तामाङ

प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्ष उम्मेदवार सिफारिस
इन्द्र गौतम
माधव लामिछाने
मेघनाथ घिमिरे
दिलिप तामाङ

प्रदेश सभा समानुपातिकतर्फ
भगवती न्योपाने
गणेश विक
पासाङ तामाङ
मेघ बहादुर ढकाल (प्रकाश)
हित बहादुर गुरुङ
पासाङ फेल्मो तामाङ
 


Author

थप समाचार
x