बागमती

राष्ट्रपति र माधव नेपाललाई मेयर बालेनकाे प्रश्न : अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानुहुन्छ ?

इकागज |
असोज १, २०७९ शनिबार १९:५२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई प्रश्न गरेका छन् ।

मेयर बालेनले आज सामाजिक सञ्जालमा एक पाेष्ट गर्दै तीनकुने पार्कको विषयलाई लिएर राष्ट्रपति र पूर्वप्रधानमन्त्री नेपाललाई प्रश्न गरेका हुन् ।


बालेनले कुनै बेला तीनकुने क्षेत्र राष्ट्रपति भण्डारी र माधवकुमार नेपालको चुनाव क्षेत्र रहेको भन्दै त्यहाँको समस्या ५० वर्षदेखि समाधान हुन नसकेको जिकिर गरेका छन् ।

उनले लेखेका छन्, 'आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाईं कै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।'


Author

थप समाचार
x