बागमती

लागूऔषधसहित चार जना समातिए

इकागज |
असोज १०, २०७९ सोमबार ११:३ बजे

मकवानपुर- जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध लागूऔषधसहित ४ जना र एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार ९५ किलो गाँजासहित ना ८ ख २५४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको  प्रहरी टोलीले मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ११ बाट ना ८ ख २५४२ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।


ट्रकको पछाडीको भागभित्र ६ वटा पोकामा ९५ किलो लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ । ट्रक चालक फरार रहेको र प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले ११ किलो २०० ग्राम लागूऔषध गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । ना २ ह २३६३ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा उक्त अटोको सिट पछाडीको खाली भागमा तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले अटो चालक हेटौंडा १९ बस्ने ६० वर्षीय प्रेमबहादुर थिङ र सोही अटोमा रहेका हेटौंडा ३ का अन्य दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।

यसैगरी १५० मिलि ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने कालो धुलो पदार्थसहित मकवानपुर प्रहरीले अर्को १ जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा ११ नमुना टोलस्थित सडक खण्डमा शंकास्पद रुपमा हिँडिरहेका स्थानीय २४ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले नियन्त्रणा लिएको हो । विश्वकर्मामाथि अनुसधान भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x