बागमती

सय दिनमा के-के गरे बागमतीका स्वास्थ्य मन्त्री जाेशीले ?

इकागज |
भदौ १३, २०८० बुधबार १६:३ बजे

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्री उत्तम जोशीले आफ्नो कार्यकालको सय दिनको काम सार्वजनिक गरेका छन् ।

गत जेठ ७ गते पदभार ग्रहण गरेका मन्त्री जोशीले प्रदेशको १३ जिल्लामा गरेको काम र उपलब्धिको सार्वजनिक गरेका हुन् । आज पत्रकार सम्मेलन गरि यस बिचमा भएका महत्त्वपूर्ण निर्णय, मुख्य मुख्य उपलब्धि, महत्त्वपूर्ण कार्यक्रमहरू सार्वजनिक गरिएको थियो ।


मन्त्रालयले यसबीचमा जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलको सेवा स्वास्थ्य कार्यालय चितवनमा सेवा इकाइको रुपमा विस्तार गरी हालसम्म ६२३ जना लाई सेवा प्रदान गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट बकुलहर अस्पताल, चितवन, रामेछाप अस्पताल, रामेछाप, चौतारा अस्पताल, सिन्धुपाल्चोक, सिन्धुली अस्पताल, सिन्धुली, पशुपति चौलगाई स्मृति अस्पताल, दोलखा र रसुवा अस्पताल, रसुवा गरी ७ वटा अस्पतालहरुमा शव वहान वितरण गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट २५ लाख बराबरको एन्टी हेमोफेलिक फ्याकटर वितरण गरिएको जनाएको छ । 

यसैगरी अति आवश्यक निशुल्क औषधीहरु स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत बागमती प्रदेशका १३ वटै अस्पताल र स्वास्थ्य कार्यालयमार्फत स्थानीय तहमा वितरण गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाको परिसरमा बायोमेडिकल इकिप्मेन्ट वर्कसप स्थापना गरिएको, स्वास्थ्य तालिम केन्द्रमार्फत ८३१ जना चिकित्सकलगायत अन्य स्वास्थ्यकर्मीहरुलाई विभिन्न स्वास्थ्य तालिम प्रदान गरिनुको साथै २६ जना स्वास्थ्यकर्मीहरुलाई सर्पदंश उपचार व्यवस्थापन सम्बन्धी तालिम दिइएको जनाएको छ । 

स्वास्थ्य मन्त्री जोशीको नेतृत्वमा लगातार प्रयास पश्चात् प्रदेश सरकारको कुल बजेटको ६ दशमलव ५ प्रतिशत स्वास्थ्यमा विनियोजित गर्न सफल भएको मन्त्री जोशीले बताए ।


Author

थप समाचार
x