बागमती

बरामद गरिएको लागुऔषध नष्ट

इकागज |
भदौ २६, २०८० मंगलबार २१:५ बजे

मकवानपुर - मकवानपुर प्रहरीले विभिन्न मितिमा बरामद गरिएको लागुऔषध नष्ट गरेको छ । भदौ २६ गते मंगलबार हेटौडा १० स्थित राप्ती नदी किनारमा विभिन्न लागुऔषध नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी चौकीबाट खटिएको प्रहरीले जांच गर्ने क्रममा विभिन्न मितिमा विभिन्न स्थानहरुबाट बरामद गरिएको लागूऔषध गाँजा ७ सय ११ किलो ६५ ग्राम, ONEREX/WINCIREX 100 ML को ५ सय २४ बोतल, डाईजेपाम ९ सय १६ एम्पुल, फेनार्गन ८ सय ८५ एम्पुल, नुर्फिन ६ सय ९३ एम्पुल नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


यसैगरी बरामद गरिएको ३२ लिटर घरेलु मदिरा समेत नष्ट गरिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x