बागमती

बागमती प्रदेशसभाको बैठक शनिबार बस्ने

इकागज |
भदौ २९, २०८० शुक्रबार १०:२७ बजे

मकवानपुर- बागमती प्रदेशसभाको आजलाई तय भएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १:०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११:०० बजे बस्ने छ । 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।


प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । रासस


Author

थप समाचार
x